तुलसीपुर,
११-फागुन/ प्रहरीको हिरासतमा रहेका एक व्यक्तिको मृत्युपछि आफन्तहरु आक्रोसित छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका ति व्यक्तीको आइतबार विहान मृत्यु भएपछि घटना रहस्यमय भएको आफन्तहरुको बुझाई छ । सोमबारसम्म पनि राप्ती प्रादेशिक अस्पतालकै शवगृहमा शव राखिएको छ । आफन्तहरुले पोष्टमार्टम पनि गर्न दिएका छैनन् । २०५९ सालदेखि दाङको तुलसीपुर बजारमा कोठा भाडा लिएर बस्दै आएका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ बर्षीय नन्दलाल वलीको आइतबार विहान ९ बजेतिर मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको हो ।


                                                                                 ADVERTISEMENT


 


तर, परिवारहरु भने त्यो स्वीकार गर्न तयार छैनन् । घटना रहस्यमय भएको परिवारको जिकिर छ । मृतकको फोटो खिच्न पाउनुपर्ने परिवारको माग छ । धेरै अनुरोधपछि मृतकका परिवारले शव हेर्न पाएपनि फोटो खिच्न नपाएको उनीहरुको गुनासो छ । मृतक वलीकी दिदीसासु शुसिला चन्दका अनुसार शरिरमा निलडाम भएको आँखामा पनि चोट लागेकाले घटना नियोजित हुनसक्छ । ‘प्रहरीले मदिरा सेवनले मृत्युभएको भन्छ तर, मृतकको कोखा, खुट्टा, छाती, आँखा हातका औँलाहरु र शरिरको पछाडीको भागमा चोट लागेको छ, शरिरमा निला डाम छन्’ उनले भनिन् ‘त्यो कसरी भयो । सत्यतथ्य छानविन नहुँदासम्म शव बुझ्दैनौं ।’ प्रहरीले पनि मदिरा सेवनको मात्रै रिपोर्ट बनाएको तर चोटपटकको बारेमा केही चेकजाँच नगराएको उनको गुनासो छ । ‘शरिरभरि चोटपटक छ, कसरी भयो यस्तो, सत्यतथ्य छानविन होस्’ उनले भनिन् ।

मृतककी श्रीमतीले राती ११ बजे आएर मलाई र छोरीलाई कुटपिट गर्न लागेको भन्ने उजुरीको आधारमा मेडिकल रिपोर्ट लिएर पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरी नायब उपरीक्षक सिंहले आइतबार राति २ बजेसम्म ‘कराएर’ अरु कैदीहरुलाई समेत सुत्न नदिएको बताए । ‘बिहान उनी नउठेपछि अरु बन्दीहरुले खबर गरेरपछि मात्रै हामीहरु त्यहाँ पुग्यौं’, उनले भने ‘प्रहरीले एक थप्पड पनि लगाएको होईन्, हामीले केही भनेका पनि थिएनौँ ।’ उनले थपे ‘राति हामी (प्रहरी)लाई पनि गाली गरिरहनुभएको थियो, त्यसपछि उहाँको कान्छी श्रीमतीलाई तपाईंको श्रीमान् लैजानुस् भनेर राती फोन गर्दा उहाँको मोबाईल अफ थियो ।’विहान सबै उठे पनि वली उठेनन् । त्यसपछि उनलाई विरामी भएको भनी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको प्रहरीको भनाई छ ।

तर शुशिला चन्दले भने नन्दलाल वलीको मृत्युमा उनको कान्छी श्रीमतीको हात हुन सक्ने बताईन् । कान्छी श्रीमतीले कोठामा भएको बेला श्रीमानलाई चोट लागेको बयान दिएको उनले बताईन् । ‘मैले उस्को कान्छी श्रीमती संग कुरा गरे उस्ले कोठामा भएको बेला चोट लागेको बताईन कसरी चोक लाग्यो भन्दा आफुले आफुलाई हानेको बताईन आफैले आफुलाई कसैले मार्छ र उनले भनिन’ यस्मा ठुलो षड्न्त्र छ ।  कान्छी श्रीमतीको नाममा जाहेरी नदिएसम्म पोष्टमार्टम गर्न नदिने परिवारको भनाई छ । यस विषयमा कान्छी श्रीमती भने केही बोल्न नचाहेको स्रोतको भनाई छ । मृतक वली २०५९ सालदेखि कान्छी श्रीमतीसंग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनकी जेठी श्रीमती रोल्पामै छिन् ।

प्रतिकृया

प्रतिकृया