लमही
१७ चैत/ नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा युनियनका सल्लाहकार बिपुल पोख्रेललाई बिजयी बनाउन चुनावी अभियान थाल्ने भएको छ । आज घोराहीमा भएको भेलाले आसन्न महासंघको निर्वाचनमा सल्लाहकार पोख्रेललाई महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि चुनावी अभियान थाल्ने निर्णय गरेको हो ।


                                                                         बिज्ञापन
   



‘युनियनका सल्लाहकार पोख्रेललाई नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि युनियनका सबै सदस्यहरु कर्मठ भई चुनावी अभियानमा लाग्ने निर्णय गर्दछ,’ युनियन दाङको भेलाको निर्णयमा भनिएको छ ।

यसैगरि नेपाल पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति सहमतीबाट चयन गर्नु पर्ने निष्कर्ष निकालेको छ । सहमतीय नेतृत्वका लागि युनियनले अन्य पत्रकार संगठनहरुसंग वार्ता तथा छलफल थाल्ने युनियनले निर्णय गरेको छ ।

सहमतीका लागि युनियनले नेपाल प्रेस युनियन दाङका अध्यक्ष सनतोष सुवेदीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा लिला शाह, नारायण खड्का, आरके सितल, देवेन्द्र बस्नेत, किरण शाह र गोपाल शर्मा भट्राई सदस्य छन् ।

यो कार्यदलले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि सहमतीका माध्यमबाट चयन गर्न अन्य संगठनहरु संग वार्ता थाल्ने छ ।

प्रतिकृया

प्रतिकृया