दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

रुखहरु हेरिबस्छन टुलुटुलु
मानवजातीले गरिरहेको
आँफ्नै बंश नास
मिचिएको भूमी
कुचिएका सन्तान
अनि मरुभूमि बनेको आफ्नै कोख।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



नदि।।।।।
कुमारी भएर बग्छे हिमालबाट
स्वच्छ निश्ल निर्मल पबित्र
जब ऊ शहर बस्ती भएर बग्छे
तब ढल बन्छे
धनीहरुको अयासी
गरिबहरुको अधुरा सपना
भट्टीहरुको रक्स्याईलो झोल
यी सब बोकेर बग्नै सक्दिने उ,
अनि थकित मुद्रामा मात्र घिस्रीन्छे ।।

हावा।।।।।
धुँवा बोकेर उड्छ
घाटहरुबाट चित्ताको धुँवा
जङ्गलबाट डढेलोको धुँवा
शहर गाउँहरुबाट भट्टाको धुँवा
पापी र स्वार्थीका मस्तिष्कका धुवाँ
बिस्तारै उड्नै सक्दैन
अनि थिग्रिरहन्छ विष बनेर ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

हे मान्छे ।
प्रकृतिलाइ वेवजाह बन्दी बनाएर
धर्तीको छाती उधिनेर
स्वार्थका रङहरु मात्र चुनेर
आफै अल्झिने जालो बुनेर
पख मान्छे
त कहिले सम्म हास्न सक्छस
कहिले सम्म चैनले बाच्न सक्छ्स ।।

सन्दर्भ, विश्व वातावरण दिवस
संगीता सुवेदी बाताबरण तथा विपत व्यवस्थापन शाखा प्रमुख
घोराही उपमहानगरपालिका दाङ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना