अञ्जना चौधरी,तुलसीपुर
१३ भदौ / नेपाल टेलिकमको दुरसंचार कार्यालय तुलसीपुरल फाईबर सेवा विस्तार गर्दै लगेको छ । दुरसंचार कार्यालय तुलसीपुरले हेर्ने सातवटा वटै स्थानहरुमा फाईबर विस्तार (एफटिटिएच)को काम गरिएको कार्यालयले जनाएको छ ।

साथै दाङको तुलसीपुर, घोराही, लमहीलगायत बिजुवार, र प्यूठानकोलगायतका स्थानहरुमा फाईबर विस्तार गरिएको नेपाल टेलिकमको दुरसंचार कार्यालय तुलसीपुरका प्रमुख हरीप्रसाद खनालले जानकारी दिए । रोल्पा र रुकुममा भने फाईवर सेवा अझै सुचारु भएको छैन । रोल्पामा फाईवर सेवा संचालनको लागि यही आर्थिक बर्षदेखि काम सुरु भएको छ भने रुकुमपुर्वमा फाईवर संचालन गर्न अझ सयम लाग्ने प्रमुख खनालले जानकारी दिए ।

गएको आर्थिक बर्षमा फाईबर सेवाको (एफटिटिएच) विस्तारको काम गरेको दुरसंचार कार्यालयले अहिले भने फोरजी बिस्तारको कामलाई तीव्र गतीमा अगाडी बढाएको जनाएको छ । हालसम्म करिव ८० प्रतिशत फोरजी विस्तारको काम सम्पन्न भईसकेको प्रमुख खनालले जानकारी दिए । खासगरी दुर्गम र अति दुर्गम स्थानहरुमा कभरेज राम्रो बनाउनको लागि ८ सय मेगाहर्जको फोजी सेवा विस्तार भएको प्रमुख खनालको भनाई छ । ८ सयको कभर एरिया धेरै हुन्छ ।

खनालका अनुसार बजार क्षेत्रहरुमा पनि १८ सय मेगाहर्ज र ८ सय मेगाहर्जको दुईवटै व्याण्डको फोजी विस्तार गरिएको छ । फोरजी विस्तारको लागि दुई बर्षदेखि काम भईरहेको बताईएको छ । फोरजी सेवा विस्तार भएसंगै कुनै कुनै स्थानहरुमा ८ सय मेगाहर्ज जोडिएको स्थानहरुमा भ्वाईस सर्पोट नहुने भएकाले भ्वाईस सर्भिसको लागि व्यापक रुपमा जहाँ–जहाँ फोरजीको ८ सय मेगाहर्जको विस्तार भएको ति सबै स्थानहरुमा २ जी सेवा राख्ने योजना रहेको प्रमुख खनालले जानकारी दिए ।

२ जी सेवा विस्तारको लागि सबै सामानहरु आईसकेको खनालको भनाई छ । सबै सामानहरु आईसकेकाले अबको केही दिनमा २ जीको काम तीव्र गतीमा अगाडी बढाउने तयारी भएको खनालले बताए ।

दाङका कुन–कुन स्थानमा फोरजी सेवा विस्तार भए
अहिले दाङको धेरै स्थानहरुमा फोरजी सेवा विस्तार गरि सकेको नेपाल टेलिकमको दुरसंचार कार्यालय तुलसीपुरले जनाएको छ । अहिलेसम्म दाङको शान्तिनगर, भमके, बाघमारे, हापुरे, पुरन्धारा, रानीटाकुरा, दमारगाउँ, रक्षाचौर, हेकुलीमा फोरजी विस्तार भइसकेको छ ।

त्यसैगरी डुरुवा, उरहरी, हरीपौरा, रावतगाउँ, टरिगाउँ, ढिकपुर, मज्गै, वेलझुण्डीलगायतका स्थानहरुमा सेवा विस्तार भईसकेको कार्यालय प्रमुख खनालले जानकारी दिए । कार्यालयका प्रमुख अनालका आनुसार बजारयरियासहित गाउँस्तरमा समेत फोजी सेवा सुरु भइसकेको छ । भने बाँकी भएका थानहरुमा फोरजी विस्तार हुने क्रममा रहेको उनको भनाई छ । यही चालूआर्थिक बर्षमा तुलसीपुर, घोराही लमहीलगायत बजार क्षेत्रमा फाईबर विस्तार गरिने खनालले बताए स्थानमा छ ।

एडिएसएलको समस्या के हो ?
नेपाल टेलिकमले वितरण गरेको एडिएसएल प्रयोगकर्ताहरुले राम्रोसंग नचलेको गुणासो गर्ने गरेका छन् । खासगरी कोरोना महामारीकाबीच विद्यालयहरुले संचालन गरेको अनलाइन कक्षा पढ्ने विद्यार्थीहरुलाइ झनै समस्या भोग्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की सरिता विष्टले घरमा जोडिएको एडिएसएल नेटले राम्रोसंग काम नगर्दा छोरोको अनलाईन कक्षा प्रभावित भएको गुनासो गरिन् ।


घरमा नेट भए पनि एकदमै स्लो चल्ने भएकाले मोबाईलमा डाटा तानेर छोरालाई अनलाईन कक्षा पढाउँदै आएको विष्टले बताइन् । यता दुरसंचार कार्यालयका प्रमुख हरीप्रसाद खनालले एडिएसएल पुरानो स्टिम भएकाले नेटमा केही समस्या रहेको बताए । एडिएसएलमा तामाको तार प्रयोग भएकाले पानी परेर खिया लाग्ने, चुडिने तारमा गाँठागुँठी आउने जस्ता समस्याले नेट स्लो हुने समस्या भएको उनको भनाई छ ।


साथै खनालले एडिएसएल नेटलाई फास्ट चल्ने बनाउनको लागि सम्पूर्ण एडिएसएल प्रविधिलाई फाईबरबाट रुपान्तरण गर्न लागेको जानकारी दिए । यही चालूआर्थिक बर्ष मै नेपाल टेलिकमबाट वितरण गरिएका सबै एडिएसएललाई फाईवरमा रुपान्तरण गरि सक्ने खनालले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया