घोराही
१७ भदौ/ दाङमा खोलाले कार बगाउँदा बेपत्ता भएका थप दुई जनाको शव भेटिएको छ । नेपालगंजबाट घोराही तर्फ आउँदै गरेको प्र.३–०१–२४ च ४४४० नं. को कार सिस्ने खोला क्रस गर्ने क्रममा खोलामा आएको बाढिले बगाउँँदा कारमा सवार चार जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

कारमा सवार घोराही १३ निवासी ३२ बर्षीया शुसिला श्रेष्ठ र १४ निवासी २९ बर्षीया राधिका कुवरको मृत्यु भएको छ । त्यसैगरी खोलाले बगाएर बेपत्ता भएका घोराही १३ बस्ने ४० बर्षीया रितामाया पुन र १४ की ४० बर्षीया बिमला केसी शव भेटिएको छ । बेपत्ता भएकाहरुको शव बिहीबार बिहान ३ बजे घोराही बेलुवा स्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

त्यस्तै कार चालक घोराही उनमहानगरपालिका वडा नं.१५ निवासी ४३ बर्षीय नर बहादुर पुनलाई बगाएको स्थान देखि १ किलोमिटर टाढा बगिहेको अबस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको र अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भई रहेको छ ।

प्रतिकृया

प्रतिकृया