दाङ,
१९ भदौ/ शनिबार दाङका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३० जनाको पिसिआर परिक्षण गर्दा ४ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।शनिबार कोरोना पुष्टि हुनेमा घोराहीका ५, लमही र तुलसीपुरका १/१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै वितेको २४ घण्टाका दाङमा १२ जना कोरोना मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा घोराहीका ५ जना, तुलसीपुरका ६ र राप्तिका एक जना रहेको केन्द्रले जनाएको छ ।

शनिबार थप १२ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७२ मा झरेको छ । ति मध्य घरमा ६२ जना, अक्सिजन सहितको उपचारमा ३ जना र ७ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय ३८ जना पुगेको छ । ति मध्य ८ हजार ६ सय ५४ जना निको भएको केन्द्रले जनाएको छ । यस्तै दाङमा शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत लमही नगरपालिका ९ निवासी २४ वर्षिया महिलाको शनिबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

उनी यही भदौ १० गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई निमोनिया संगै श्वासप्रश्वासको समेत समस्या रहेको थियो । अहिले अस्पतालमा ७ जना कोरोना संक्रमित आईसियूमा उपचाररत रहेको व्यवस्थापक वलीले जानकारी दिनुभयो । यो सहित दाङमा कोरोना संक्रमणबाट गएको बैशाख यता २ सय ११ जनाको मृत्युभएको छ ।।

प्रतिकृया

प्रतिकृया