अञ्जना चौधर,तुलसीपुर
१ असोज / सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १ गतेदेखि ४३ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले यो बर्ष ३९ जिल्लाका ४३ स्थानमध्ये दाङमा पनि सुपथ मूल्य पसल सञ्चालन भएको छ ।

दाङको तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडक शाखामा असोज १ गतेदेखि कात्तिकको २४ गतेसम्म सुपथ मूल्य पसल संचालन भएको कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिए । अन्य स्थानहरुमा दाल, नुन, तेल, गेडागुडीमा पनि सहुलिएत दिएको भएपनि दाङमा भने चालमको लागि मात्रै सुपथ मूल्य पसल संचालन हुने भएको छ ।

आफुहरुसंग दाल, नुन, तेल, गेडागुडीहरु स्टक नभएकाले र खरिद गरी बेच्दा महङ्गो पर्ने भएकाले त्यसमा सहुलियत दिन नसकिएको प्रमुख चौधरीको भनाई छ ।
यो बर्ष असोज १ गतेदेखि कात्तिक २४ गतेसम्म २ सय क्विन्टल चामल बिक्रि गर्ने कोटा छुट्याईएको छ । एउटा व्यक्तिलाई ५० किलोसम्म चामल दिन सकिने भएको छ । दाङमाप्रति क्विन्टल चामलमा पाँचसय रुपैयाँ र प्रति किलोमा ५ रुपैयाँ सहुलियत दिएको कार्यालय प्रमुख चौधरीले जानकारी दिए । दाङमा पाँच किसिमको चामलको मात्रै सुपथ मूल्य पसल संचालन गर्ने भएको छ ।

जसमध्ये स्टिम जिरा मसिनो चामल २५ केजीलाई पहिले १६ सय २५ पर्नेमा अब १५ सय रुपैयाँ पाईने चौधरीको भनाई छ । प्रमुख चौधरीका अनुसार सावा स्टिम चामल २५ केजीलाई १५५० पर्नेमा छुट गरेर १४२५, सावा मसिनो चामल २५ केजीलाई १५ सय पर्नेमा १३७५, सोना मन्सुली चामल ३० केजीलाई १५३९ पर्नेमा छुट गरेर १३८९ मा पाईने भएको छ ।

त्यसैगरी अरुवा मोटा चामल ३० केजीलाई १४१० पर्नेमा छुट गरेर १२६० रुपैयाँमा पाईने भएको छ । गएको बर्षमा सात सय क्विन्टल सहुलिएत चामल विक्रिका लागि छुट्याईएको भए पनि एक सय २ क्विन्टल विक्रि भएको थियो ।

प्रतिकृया

प्रतिकृया