दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर
२-असोज/ तुलसीपुर प्रहरीले बेवारीसे अवस्थामा रहेको गरगहना तथा नगद सहितको झोला सम्बन्धीत व्यक्तिलाई बुझाएको छ । चितवन भरतपुर नगरपालिका ६ कृष्णनगर निवासी २९ वर्षिया भावना पौडेलको झोला फेला पारी आज शनिबार सम्बन्धीत झोला धनीलाई बुझाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



पौडेलको झोला हिजो शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी हवल्दार यज्ञ बहादुर थापा डियूटी जाने क्रममा फेला पारेका थिए । उनी चितवनदेखि तुलसीपुर ९ बेलुवा स्थित आफ्नो माइती घर आउने क्रममा पिपल चौतारामा बिसाउदा गरगहना र नगद भएको झोला सोही ठाउँमा बिर्सिएकी थिइन् ।

उनको झोलामा ५ आनाको मंगलसुत्र, एउटा मोबाइल, एउटा साइड पर्स र १६ हजार नगद पैसा रहेको प्रहरीको प्रहरीको भनाइ छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना