आशिष केसी, तुलसीपुर
५-मंसिर/ लुम्बिनी प्रदेशका कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले चालूआर्थिक बर्षमा बजेटलाई थपघट गर्न सक्ने अवस्था नरहेको बताएकी छिन् । मानव सेवा आश्रम दाङ शाखाको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गाईडरमा औपचारिक उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री घर्तीले लुम्बिनी प्रदेशको वर्तमान सरकारभन्दा अघिको सरकारले बजेट विनियोजन गरि सकेको बताईन् ।

तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारले आर्थिक बर्ष २०७८/७९ को बजेट बिनियोजन गरिसकेकाले एक दुईवटा योजना तथा कार्यक्रम बाहेक अन्यलाई हेरफेर गर्न नसकेको बताएकी छिन् । तर आगीम आर्थिक बर्ष २०७९/८० मा भने बजेटको ब्यवस्था गर्ने प्रतिवद्धता जनाईन् । उनले मानव सेवा आश्रमका लागी बजेट विनियाजन गर्ने समेत बताइन् । अत्यन्त संक्षिप्त मन्तब्य ब्यक्त गरेकी मन्त्री घर्तीले आफ्नो जिम्मेवारीमा रहेको मन्त्रालय संबेदनशील रहेको बताएकी थिईन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आगामी बर्षभित्र उपमहानगरपालिकालाई सडक मानवमुक्त घोषणा गरिने बताए । उनले भने– ‘कुनै मानवलाई सडकमा आश्रम लिन दिने छैनौं ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८६ सालसम्म सडक मानव मुक्त मुलुकको प्रतिबद्धताको पुरा गर्न लाग्नुपर्ने बताएका थिए । त्यस्तै उनले ५ हजार फुसको घर मध्ये ३ हजारमा टिनको छाना बनाएको बताए । तुलसीपुर उपमहानगरपालिकाले मातृ मृत्युदर समेत शुन्यमा झारेको समेत मेयर पाण्डेले बताए ।

मानव सेवा आश्रम दाङमा हाल ३७ जना सडक मानवलाई आश्रय दिईएको छ भने हालसम्म ४५ जनालाई सेवा प्रदान गरिएको छ । पारिवारिक पुनर्मिलन २ जनालाई, उपचारपछि स्वेच्छाले २ जना घर फर्किएका र आश्रममा २ जनाको निधन भएको मानव सेवा आश्रमका प्रमुख तथा संस्थापक रामजी अधिकारीले जानकारी दिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने, नेपाली सेनाको १९ नम्वर बाहिनीका जर्नेल मदनकुमार केसी, ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख डिएसपि श्यामु अर्याललगायतले मन्तब्य ब्यक्त गरेका थिए । उक्त अवसरमा मानव सेवा आश्रमलाई आफ्ना पीता, माता, छोरा, छोरी लगायत परिवारका सदस्यको जन्म दिनको अवसरमा केही रकम प्रदान गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया