समाजसेवी तथा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य एवं नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य शिव थापा । उनको जन्म तत्कालिन बिजौरी गाउँ पञ्चायत वडा नं. ४ र हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तापुरमा बुवा तिलकराम थापा र आमा खिमा कुमारी थापाको कोखबाट २०२४ साल फागुन १ गते भएको थियो । उनको बाल्यकाल हेमन्तापुर मै बितेको थियो ।

आफ्नो वाल्यकाल रमाईलो तरिकाले बितेको उनी बताउँछन् । बाल्यकालमा आफु शान्त स्वभावको रहेको बताउँने थापा आफु बुवा आमाको एक्लो छोरा भएकाले पनि घरको कामहरु खास्सै गर्नु नपरेको र बाल्यकाल सुखद तरिकाले बितेको बताउँछन् । बाल्यकालमा आफु पढाइमा असाध्यै रुची राख्ने गरेको बताउँछन् । त्यो बेलामा शिवका बुवा बिजौरी गाउँ पञ्चायतको सदस्य थिए ।

थापाको बुवा लामो समयसम्म गाउँ पञ्चायतको सदस्य हुँदै वाडाध्यक्ष समेत भएका थिए । शिव थापाले २०३३ सालदेखि जनता संस्कृत माध्यामिक विद्यालय बिजौरीबाट पढाइ सुरु गरेका थिए । उनले त्यहाँ कक्षा सातसम्म पढेका थिए । त्यसपछि २०३७ साल देखि २०४० सालसम्म महेन्द्र माध्यामिक विद्यालय तुलसीपुरमा पढे भने २०४० सालमा महेन्द्रबाटै एसएलसी पास गरे ।

एसएलसी पछि उनी बाँकी पढाइका लागि काठमाडौं गए । काठमाडौंमा गएसँगै उनी ताहचल क्याम्पसमा पढे । उनले २०४४ सालमा ताहचलबाट आइकम पास गरे । आइकम पास गरेपछि उनी जागिर गर्न थाले । उनले राष्ट्रिय खेलकुद परिसरमा नासु स्तरको लेखापालको जागिर खाए । उनले त्यहाँ पाँच वर्षसम्म जागिर गरे । जागिर खाँदै उनले पृथ्वीनारायण शिक्षा क्याम्पस पोखराबाट स्नातक पास गरे ।

केही समयको बिश्रामपछि उनले अन्नमलाई विश्व विद्यालय भारतबाट डिग्री पास गरेका थिए । एलएलसी पास गरे लगत्तै शिव थापा एउटा विद्यालयमा केही समयको लागि प्रधानाध्यापक भएका थिए । हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोटमा रहेको गणेश प्राथमिक विद्यालयको प्रधानाध्यापक भएको उनी बताउँछन् । त्यो समयमा एसएलसी पास गरेको व्यक्तिहरु धेरै हुँदैन थे त्यसकारण पनि मलाई स्कुलबाट लिन आउनु भयो, ‘म उक्त स्कुलमा छोटो समयको लागि प्रधानाध्यापक उनी भन्छन् दुई महिना प्रधानाध्यापक भएर म पढ्नको लागि काठमाडौं गए’ ।

बाल्यकालबाटै सामाजिक काम गर्न रुचाउँथे
शिव आफु बाल्यकालबाटै सामाजिक काम गर्न रुचाउने गरेको बताउँछन् । ‘पढ्ने रुची त थियो नै, त्यस बाहेक म सामाजिक काम गर्न रुचाउँथ’े उनी भन्छन् । ‘मेरो मामाघरको बाजे बज्यैहरुले हेमन्तापुरमा धर्मशाला खोल्नु भएको थियो उनी भन्छन् मैले घरबाट भात बोकेर धर्मशालामा बसेका व्यक्तिहरुलाई खुवाउथे’ बिरामी भएकाहरुलाई पानी खुवाउने काम गर्थे उनी भन्छन् ।

त्यसका साथै आफ्नै घरमा आउने गरिब दुखीहरुलाई खाना खुवाएको उनी सम्झन्छन् । त्यस बाहेक सेतो गुराँस चारपाटे क्लबको अध्यक्ष भएर काम गरेको उनी बताउँछन् । कहिलेकाही भलिवल खेलेको उनी सुनाउँछन् ।

अरुलाई जे गरेको देख्यो उही बन्न मन लाग्थ्यो
शिवले आफु भविष्यमा गएर यो बन्छु भन्ने कुनै लक्ष्य नराखेको बताउँछन् । मैले पढ्नुपर्छ भन्ने सोच चाहि राख्थ,े अरु कुनै लक्ष्य थिएन उनी भन्छन् मेरो परिवार शिक्षित भएको भए डाक्टर, ईन्जिनियर नै बन्छु भन्ने लक्ष्य राख्थे होला तर त्यो बेला सम्भव थिएन् ।तर महेन्द्र स्कुलमा अध्ययन गर्न गएको समयमा आफु गणित विषयको राम्रो विद्यार्थी भएकाले ऐच्छिक गणित बिषय लिएर बढेको र टरीगाउँ एयरर्पोटमा हवाईजहाज उडेको देख्दा पाईलट बन्ने चाहना राखेको बताउँछन् । ‘तर पाईलट, डाक्टर, ईन्जिनियर पढ्न कहाँ जान्छन्, कहाँ पढाइ हुन्छ, कुनकुन विषय पढेपछि पाईलट, ईन्जिनियर बनिन्छ भन्ने कुराको जानकारी भएन काठमाडौं पढ्न गएको बेला एकजना साथीले कमर्श पढौं भन्नुभयो त्यही पढे’ उनी हाँस्दै भन्छन् ।

कर्मश पढेपछि राम्रो व्यवस्थापक अथवा ठुलो म्यानेजर बन्छु भन्ने लागेको भए पनि व्यवस्थापक बन्नको लागि आर्थिक समस्या भएपछि आफु खेलकुद परिषदमा जागिर खाएको उनी सुनाउँछन् । तर बुवा आमाले पनि भविष्यमा गएर यो बन्नु पर्छ भनेर कहिले नभनेको उनी सुनाउँछन् ।

जागिर छोडेर राजनीति यात्रा
थापा खेलकुद परिषदमा पाँच वर्षसम्म जागिर खाइसके पछि राजनीति तर्फ लागे । २०४२ सालदेखि क्याम्पस पढ्न गएपछि अनेरास्ववियु एकताको पाँचौमा सक्रिय भए । त्यसपछि २०४७ सालदेखि मालेमा लागे । केही वर्ष मालेमा बसेर राजनीति गरेपछि उनी नेकपा एमालेमा समाहित भए र अहिलेसम्म एमालेमै छन् ।

अहिले उनी एमालेको जिल्ला कमिटी हुँदै लुम्बिनी प्रदेश कमिटीको सदस्य छन् । पार्टीमा लागेर लामो समयसम्म काम गरे पनि जनप्रतिनिधि अथवा सांसद नै हुन्छु भन्ने कहिले मनमा नलागेको उनी सुनाउँछन् । आफुलाई सधै चुनाव आउने क्रममा के मा उठ्ने चाहाना छ भनेर साथीहरुले सोधे पनि आफु त्यतातिर चाँसो नराखेको उनी बताउँछन् ।
निश्चित जिम्मेवारीबाट जनताहरुको सेवा गर्ने मनमा कहिले नआएको उनी बताउँछन् ।

त्यसका साथै थापा बिजौरी स्कुल बढ्ने क्रममा जुनियर रेडक्रस शर्कलमा जोडिएका थिए । २०५९ सालमा नेपाल रेडक्रस सोसाइटीको जिल्ला कमिटी सदस्य भए र द्वन्द्वकालमा दाङ जिल्लाका सबै द्वन्द्वपीडितहरुको घरमा सहयोग पुगेर सहयोग गरेका थिए । २०७७ सालदेखि नेपाल रेडक्रस शोसाईटीका केन्द्रीय सदस्य भएर काम गरि रहेका छन् ।

राजनीति, रेडक्रससँगै उनी युएनडिपी, आरएलआरपी, लघुउद्यम लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर काम गरिसकेका छन् । अहिलेसम्म आईपुग्दा आफुले गर्दै आएको काममा परिवारबाट पनि राम्रो साथ सहयोग पाएकाले आफ्नो कामबाट सन्तुष्ट रहेको उनी बताउँछन् ।

वैवाहिक जीवन
शिव थापाले २०४८ सालमा साविक उरहरी गाविस वडा नं. ५ जस्पुरबाट मागी बिहे गरेका थिए । परिवार आफन्तबाट बिहेको कुरा चलेको र सबैले केटी राम्रो छ भनेर कुरा चलेपछि बिहे गरेको उनी बताउँछन् । बिहेको कुरा चलेको तीन/चार दिनमा आफुहरको विवाहा भएको उनको भनाई छ ।

आफुले पढेको, आफु भन्दा राम्रो केटी पाएहुन्थ्यो भन्ने कल्पना गरेको र आफुले कल्पना गरे भन्दा राम्रो जीवन साथी पाएको उनी बताउँछन् । अहिलेसम्म जीवन साथीबाट झगडा नपरेको उनी सुनाउँछन् । उनको एक छोरा एक छोरी छन् । अबको जीवन पनि समाज सेवा गरेर बिताउँने उनको सोच छ ।

प्रतिकृया

प्रतिकृया