सुशील बस्नेत,तुलसीपुर
१४ बैशाख/ स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्न नागरिक समाज दाङका बिभिन्न नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

संबाद समूह दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको स्थानीय तह निर्वाचन : निर्वाचन आचार संहिता कार्यान्वयनका लागि नागरिक समाजसँगको संबादमा नागरिक समाज दाङ,उच्च अदालत बार , नीजि क्षेत्र बिभिन्न संघ, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले अस्वस्थ प्रतिस्पर्धाबाट निर्वाचित हुने परम्परालाई न्युनिकरण गर्दै जानुपर्ने बताएका छन् ।

निष्पक्ष, धाँधलीरहित, बिश्वसनिय, मर्यादीत र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न जारि आचार संहिता कार्यान्वयन गर्न र गराउन सबैको प्रतिबद्धता आबश्यकता रहेको बताएका छन् ।नागरिक समाज दाङका संयोजक केबी मसालले निर्वाचन प्रचार प्रसार शैलि र राजनीतिक दलहरुले दिने निर्वाचन प्रचार शिक्षा नै गलत भएको बताएका छन ।

मसल र मनी,भोजभतेर र ठुलो समूह देखाउने प्रतिस्पर्धा बिगतदेखि नै हुने गरेकाले यसलाई न्युनिकरण गर्न सके आचार संहिता कार्यान्वयनमा मद्धत पुग्ने बताएका छन ।उच्च अदालत बार एशोसियसनका अध्यक्ष पुष्कर भण्डारीले आचार संहिता उल्घंन देखि तत्काल न्यायलयमा उजुरी दिनुपर्ने र त्यसका लागि एउटा संयन्त्र गठन गर्नुपर्ने सुझाब दिएका छन ।

गैर सरकार संस्था महासंघ नेपाल दाङका अध्यक्ष भागिराम चौधरीले आचारसंहिता उल्घंन भए तत्काल कारबार्ही हुनपर्ने र कारबार्हीको बारेमा सार्बजनिकरण हुनुपर्ने बताएका छन ।राष्ट्रिय अपाङ महासंघ दाङका अध्यक्ष देवा डाँगीले अपाङ मैत्री मतदान केन्द्र हुनुपर्नेमा जोड दिदै आचार संहिता उल्लघंनबाट सबैभन्दा बढी अपाङ,बालबालिका,जेष्ठ नागरिक प्रभाबित हुने बताएका छन ।

ओरेक नेपाल दाङकी संयोजक ईश्वारा थापाले महिलाहरुमा आर्थिक पहुँच
नहुदा सम्म राजनीतिक मुल प्रबाहीकरणमा महिलाहरुको सहभागिता न्युन हुने बताएका छन। दलित नागरिक समाज दाङका संयोजक छवी परियार,तुलसीपुर नगर जेसीजका अध्यक्ष केशव केसी,मानव अधिकार तथा शान्ति समाज दाङका सभापति तुलसीराम सुनार,तुलसीपुर उद्योग बाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई लगायतले आचार संहिता कार्यान्वयनका लागि एक्कबद्धता जनाउनुहुदै आ आफ्नो क्षेत्रबाट निगरानी गर्ने समेत बताएका छन।

कार्यक्रममा संबाद समूहका बरिष्ठ सहजकर्ताले निर्वाचन आचार संहिताको महत्व र उठेका जिज्ञासको जवाफ दिएका थिए । त्यसक्रममा संबादका सदस्य अधिबक्ता बिष्णुमणी धिताल र अर्का सदस्य रामजी चौधरीले निर्वाचन आयोगले बनाएको मतदाता र गैरसरकारी संघ संस्थाले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता वाचन गरेका थिए ।

कार्यक्रमको सहजिकरण सहजकर्ता निर्मल नेपालीले गरेका थिए । यसअघि राजनीतिक दल,निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि,बिभिन्न राजनीतिक दलका युवाहरुसँग आचार संहिता कार्यान्वयनका सवालमा संबाद गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया