तुलसीपुर
३१-वैशाख/ बबई नदीमा डुबेर वेपत्ता भएका किशोरको शव फेला परेको छ। शनिबार बिहान उनको शव फेला परेको स्थानीयले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरा निवासी अर्जुन वलीका १७ वर्षीय छोरा प्रशान्त वली रहेका छन्।

उनी बिहीबार बिहान साढे ११ बजेतिर बबई नदीमा नुहाउन क्रममा वेपत्ता भएका थिए । अहिले उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा लैजान लागेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया