तुलसीपुर
३१-वैशाख/ तुलसीपुरमा खुकुरी प्रहारबाट चार जना गम्भीर घाइते भएका छन् । गएराति पौने ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका ४ गणेशचोकमा दुई समूहबिच सामान्य कुरामा विवाद हुँदा खुकुरी प्रहारबाट चार जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

‘पूजामा आएका दुई समूहबिच सामान्य कुरामा विवाद हुँदा खुकुरी प्रहार भएको थियो । उनीहरुले माद्यकपदार्थ सेवन गरेका थिए’ डिएसपी अर्यालले भने । डिएसपी अर्यालका अनुसार खुकुरी प्रहार गर्ने मध्य स्वष्टिक गन्र्धवलाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी कार्यजारी रहेको छ ।

घाइते चारै जनाको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पताललाई उदृत गर्दै प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया