तुलसीपुर
७ जेठ/ तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म भएको मतगणनामा एमालेका मेयरका उम्मेदवार टिकाराम खड्का र उपमेयरका उम्मेदवार स्यानी चौधरीले अग्रता लिएका छन्। तुलसीपुरमा २७०८३ मतगणना हुँदा टिकाराम खड्का १८३ मतले अगाडि छन्।

उनले ११२५६ मत ल्याएका छन् भने कांग्रेसका गेहेन्द्र गिरिले ११०७३ मत ल्याएका छन्। यस्तै, उपमेयरमा एमालेबाट स्यानी चौधरीले १०५४२ मत ल्याएकी छन् भने गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणामगरले  ८५२६ मत ल्याएका छन्। अहिलेसम्मको मतपरिणाम अनुसार वडा नम्बर १,२,३,४,५, ६ को मतपरिणामको घोषणा भैसकेको छ ।

जस्मा १ नम्बर वडामा गठबन्धनबाट माओवादी केन्द्र , २ मा नेकपा एमाले, ३ मा नेकपा एमाले, ४ मा गठबंधनबाट माओवादी केन्द्र,५ मा गठबंधनबाट काङ्ग्रेस, ६ मा एमालेले जित हासिल गरेको छ। ७० हजार बढी मत खसेको तुलसीपुरमा अहिले ७,८ र ९ नम्बर वडाको मतगणना भैरहेको छ। ७ नम्बर वडामा गठबन्धनले अग्रता लिएको छ भने ८ र ९ नम्बर वडामा नेकपा एमालेले अग्रता लिएको छ।

प्रतिकृया

प्रतिकृया