ताप्लेजुङ
३ असार/ ताप्लेजुङमा पहिरोमा पुरिएर सासू-बुहारीको मृत्यु भएको छ ।सिरीजङ्घा गाउँपालिका-७, खेवाङमा गएराति आएको पहिरो घर पुरिँदा तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्रकुमार लिम्बुले जानकारी दिए ।

पहिरोमा परेर बेपत्ता भएका तुलसा र यशोदाको शुक्रबार बिहान शव फेला परेको उनले जानकारी दिए । उनका अनुसार मृतक तुलसा सासू र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाएका छन् । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ ।

प्रतिकृया

प्रतिकृया