तुलसीपुर
२१ असार / तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले तुलसीपुर ६ मा रहेको दिदी घरलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत दाल,चामल,नुन,तेल,गेडागुडी,बिस्कुट,भुजा,नमकिन,साबुन संस्थाका निर्देशक सुरेश भुसालले दिदी घरकी सञ्चालिका स्यानी चौधरीलाई हस्तान्तरण गरेका थिए ।

तुलसीपुर ६मा रहेको दिदी घरमा २४ जना बालिका रहेका छन् । संस्थाका निर्देशक सुरेश भुसालले बालबालिकाहरुका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री,शैक्षिक सामग्री आगामी दिनहरुमा सहयोग गर्दै जाने बताएका थिए । दिदी घरकी सञ्चालिका स्यानी चौधरीले धन्यवाद ज्ञापन गरेकी थिईन । तुलसीपुर १९मा रहेको पुर्नस्थापना केन्द्रले विभिन्न सामाजिक सेवामा काम गर्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया