तुलसीपुर
९ साउन / नेकपा एमाले निकट अनेरास्ववियुको तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरूको प्रारम्भिक कमिटी गठन भएको छ । मेट्रो कलेजमा भएको भेलामा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्य एबम दाङ इन्चार्ज बिरवल खड्काले विद्यार्थीहरूले नै समाजलाई परिवर्तन गर्ने भएकाले एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन।

उनले समाजमा भएका विकृति र विसङ्गतिको अन्त्यका लागि र देश निर्माणमा युवा विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन । उनले गलत र सहीलाई छुट्याएर गलतका विरुद्धमा अगाडि बढ्नुपर्नेमा जोड दिए । भेलाले सन्दिप मल्लको अध्यक्षतामा ५१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा प्रमोद चौधरी ,सचिव चेतना डागी ,सहसचिव कृष्णा खड्का र रोहन बुढा र मनिषा भण्डारी ,कोषाध्यक्ष ओम प्रकाश उपाध्याय , महिला बिभाग प्रमुखमा सनम नेपाली , खेलकुद बिभाग प्रमुखमा बिकास मगर , संगठन विभाग प्रमुख तारा कवर , अनुसासन विभाग प्रमुख सुजन घर्ती रहेका छन।

कार्यक्रममा केन्द्रीय सदस्य एबम दाङ सह इन्चार्ज प्रकाश शर्मा,विद्यार्थी नेता रविन वलि , डि आर भण्डारी , प्रदिप बस्नेतको उपस्थित थियो भने कार्यक्रमको सहजिकरण रबिन्द्र डागीले गरेका थिए।

प्रतिकृया

प्रतिकृया