लक्ष्मण बस्नेत,तुलसीपुर
१२ साउन / अरनिको माबी,न्यु होराईजन र ज्ञानज्योती कलेज दाङको तुलसीपुरमा जारी अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियाेगिता २०७९ को सेमिफाइनलमा प्रवेश गरेका छ्न् । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको आज बिहिबार सम्पन्न खेलमा भिमसेन माबी सैवाङ रोल्पालाई २३-२५,२५-२१,२५-१८ अर्थात २-१ को सेटमा पराजित गर्दै अरनिको माबी नुवागाउ रोल्पा सेमिफाइनल प्रवेश गरेको हो ।

त्यस्तै राप्ती प्राबिधिक शिक्षालय लालमटिया लाई २५-८,२५-८ को सोझो सेटमा पराजित गर्दै न्यु होराईजन बुटवल रुपन्देहिले सेमिफाइनल यात्रा सुरक्षित गर्‍यो । उल्लेख्य दर्शकको उपस्थितिमा भएको तेस्रो क्वाटर फाईनलमा शिदेश्वरी माबी रुपन्देही लाई २९-२७ र २५-१२ को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योती कलेज तुलसिपुरले सेमिफाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिता अन्तरगत शुक्रबार बिहान बागेश्वरी एकाडेमी कोहलपुर बाके र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम बिच अन्तिम क्वाटर फाईनल खेल हुनेछ । खेल बिहान ८ बजे हुनेछ । यसैबिच सुक्रबार बिहान हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अरनिको माबी नुवागाउ रोल्पा र ज्ञान ज्योती कलेज तुलसीपुर भिड्नेछन् भने अन्तिम क्वाटर फाईलको बिजेता संग न्यु होराईजन रुपन्देही सेमिफाइनलमा भिड्ने राप्ति किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिएका छन ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष राना ले जानकारी दिएका छन । प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ ।

सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिकृया

प्रतिकृया