दाङ,
३१-साउन/ आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने म्याद मंगलबार सकिंदै छ । निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार मंगलबार दल दर्ताको अन्तिम दिन हो ।

निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरुले मंगलबार कार्यालय समयभित्र दल दर्ता गराइसक्नु पर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । पौडेलका अनुसार आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् । आयोगका अनुसार हिजोसम्म ६२ वटा दल दर्ता भइसकेका छन् ।

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले दल दर्ता गराउन बाँकी छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगले तोकेको मिति र समयभित्रै दल दर्ता गर्ने बताए । आयोग जाने समय भने निश्चित नभइसकेको उनले बताए । कांग्रेसले दल दर्ता प्रक्रिया पूरा गर्ने जिम्मा मुख्य सचिव पौडेललाई नै दिएको छ ।

प्रतिकृया

प्रतिकृया