बिबस रसाइली,साउदी
२३ भदौ/ वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका दाङ दङ्गीशरण गाउँपालिका वडा नम्बर ,५ सलौरा घर भएका हेमराज खत्रीले सडक दुर्घटनामा परि एक हात गुमाएका छन् । उनी हाल साउदीको रियादमा अलपत्र परेका छन् ।

मध्यम वर्गीय परिवारमा जन्मिएका खत्री वैदेशिक रोजगारीको क्रममा पाँच महिना अघि साउदी रियाद पुगेका उनी साउदीको रियादस्थित एक सप्लाई कम्पनीमा कार्यरत थिए । डिउटी गर्न जाने क्रममा उनी सडक दुर्घटनामा परेका थिए ।

दुर्घटना भएलगत्तै उनलाई हस्पिटलमा लगेपनि उनले आफ्नो एक हात गुमाउन पुगे । सवारी दुर्घटनामा परेर एउटा हात कुम नीर काटिएको अवस्थामा उनको कम्पनीले नेपाल खाली हात पठाउन लागिएको अवस्थामा सामाजिक ब्यक्तित्व मार्फत नेपाली राजदूतावासको उनी सम्पर्कमा पुगेका थिए ।

दूतावासले ईन्सुरेन्सको लागि कम्पनीलाई पहल गर्न लगाएको करिब एक महिना भइसक्यो तर अहिले कम्पनीले फोन पनि रिसिभ नगर्ने भन्दै पिडीत खत्रीले दुखेसो पोखेका छन । ‘अहिले कम्पनीले त जे गर्न सक्छन् गर’ भन्दै केहि वास्ता समेत नगरेको उनले बताए ।

स्वदेश फिर्ता हुने आशामा रहेका खत्रीको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीहरुले हेमराज खत्रीको लागि सहयोग अभियान संचालन गरिरहेका छन् । पीडितको घरमा उनका वृद्द बुवा आमा र श्रीमती रहेकी छन् । उनले सबैमा सहयोग गरिदिन आग्रह आग्रह समेत गरेका छन।
पीडित हेमराज खत्री
एभरेष्ट बैंक नेपाल
खाता नम्बर ,०३३००५०१२१३३४३

प्रतिकृया

प्रतिकृया