तुलसीपुर
११ असोज / दाङको दंगिशरण गाउँपालिका १ मा माओवादी केन्द्रको वडा कमिटी एमालेमा समाहित भएको छ । सोमबार एक कार्यक्रमका बिच एमालेका केन्द्रीय सदस्य घन्श्याम पाण्डे र केन्द्रिय सदस्य कोमल ओलिले इन्चार्ज युवराज खड्का सहित २४ जना संगठित सदस्यलाई एमालेमा प्रवेश गराएका हुन ।

प्रबेश कार्यक्रममा सम्बोधन गर्दै केन्द्रिय सदस्य पाण्डेले देश बिकास गर्ने पार्टीनै एमाले र एमाले नै लोकतान्त्रिक पार्टी भएकाले यसमै बसेर देश निर्माणमा जुट्नुपर्ने उनको भनाइ थियो। त्य

सैगरी केन्द्रीय सदस्य कोमल ओलिले नेकपा एमाले नै देश बिकासको मुल आधार भएको बताउदै देश बिकास गर्न सुखी नेपाली समृद्ध नेपाल बनाउने नारा सहित एमाले अगाडि बढीरहेको बताएकी छिन । जनताले देखेको सपना एमालेले मात्र पुरा गर्ने बताउदै नव प्रबेशीलाई स्वागत गर्दै अरुलाई पनि नेकपा एमालेमा समाहित हुन आग्रह गरेकी छिन।

नेकपा एमालेमा प्रवेश गर्नेहरुमा दंगिशरण गाउँपालिका कमिटि सचिवालय सदस्य समेत रहेका १ नम्बर वडा इन्चार्ज खड्कासगै अर्का गाउँपालिका सदस्य धर्मराज खड्का एमालेमा प्रवेश गरेका छन । वडा कमिटि सचिव चेतबहादुर खड्का,सदस्यहरू झग्गु डाँगी,बलिराम चौधरी,एकलाल वली सहित ३४ जना वडा कमिटी सदस्य एमालेमा प्रवेश गरेको एमालेका वडा कमिटी अध्यक्ष दिलकुमारी पुनले जानकारी दिएकी छिन। त्यसैगरी नेपाली कांग्रेसका सक्रिय सदस्य सुरज परियार,टेकबहादुर घर्ती र भुपबहादुर घर्ती पनि एमालेमा प्रबेश गरेका छन ।

प्रतिकृया

प्रतिकृया