तुलसीपुर
१२-असोज/ सल्यान कपुरकोटमा बिहे खाएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका ९ ढकेरीबाट बिहे भोज खाएर मंगलबार बेलुका ७ बजेतिर सल्यानका लागी हिडेको रा१ज ५६३ नम्बर डबल क्याप गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ बनस्पति नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । जीप सडक बाट १५० मि तल खसेको हो।
मृत्यु हुनेमा कपुरकोट गाउँपालिका ५ र ६ नं. वडा का ८ जनाको मृत्यु भएको र १ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । मृतकको नाम पहिचान हुन सकेको छैन । दुर्घटना बुधबार बिहान करिब साढे एक बजेतिर भएको हुन सक्ने प्रहरीको अनुमान छ ।