शंकर केसि,सल्यान
१२ असोज/ सल्यान कपुरकोटमा बिहे खाएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका ९ ढकेरीबाट बिहे भोज खाएर मंगलबार बेलुका ७ बजेतिर सल्यानका लागी हिडेको रा१ज ५६३ नम्बर डबल क्याप गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ बनस्पति नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । जीप सडक बाट १५० मिटर तल खसेको हो। प्रहरीका अनुसार मृतक र घाईतेको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा चालक कोपुरकोट गापा ६ जलबाँङ बस्ने बर्ष अं.२१ को जित बहादुर बोहोरा घटना स्थलमै मृत्यु भएको। कपुरकोट ६ बस्ने बस्ने बर्ष ३७का धर्मा ओली, बर्ष ४० का टोप बहादुर ओली उनका छोरा वर्ष ११ का बसन्त ओली , बर्ष ३० का सुरेश खत्री, वर्ष ७० का खुमलाल ओली, वर्ष ५५ कि कुमारी ओली,कपुरकोट ५ बस्ने वर्ष ३५ का ललित ओली को घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा सल्यान कपुरकोट गा पा ६ जलबाँङ बस्ने बर्ष ३५ को तिलक ओली रहेका छन । घाईते ओलिको उपचार तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा भैरहेको छ।