तुलसीपुर
३-कार्तिक/ नेकपा एमाले दाङले ३ वटा निर्वाचन क्षेत्रमा आफ्नो चुनावी अभियानलार्ई तीव्रता दिएको छ । चुनावी अभियानकै क्रममा एमाले दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल ओली, (ख) का प्रदेश सभा सदस्य हुकुम बस्नेत, (क) का उम्मेदवार घनश्याम पाण्डे भोट माग्न जनताको घरदैलोमा पुगेका छन् ।

सो क्रममा एमाले उम्मेदवारहरुले जनताको समस्या, गुनासो बुझ्ने र जनताको माग पुरा गर्ने प्रतिवद्धता जनाएको दाङ निर्वाचन क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीका संयोजक मेघराज भुसालले जानकारी दिए।

कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओलीले जनताले गाउँगाउँमा सडक, विद्युत, पानी, विद्यालय लगाएतको विकासका निमीत्त आतुर रहेको भन्दै ती सम्पूर्ण विकास निर्माण आफुले जिते पुरा गर्ने बताएकी छिन् । आफुले जनतालाई कुनै पनि झुटो आश्वासन नबाड्ने र प्रचारप्रसारका बेला पनि झुटो आश्वासन बाड्दै नहिडेको बताउदै जे गर्न सकिन्छ त्यहि मात्र बोलेको र जनतामाझ प्रतिवद्धता व्यक्त गरेको जिकिर गरिन् ।

त्यस्तै प्रदेश सभा सदस्य हुकुम बस्नेतले पश्चिम दाङको विकास र समृद्धि एमाले पार्टीबाट मात्र सम्भव भएकोले सुर्य चिन्हमा मतदान गर्न सबैमा अनुरोध गरेका छन्। उनले पश्चिम दाङका सडक धुलो रहित बनाउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै (क) का उम्मेदवार घनश्याम पाण्डेले आफूलाई जिताए शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतको विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफू यसअघि तुलसीपुर उपमहानरपालिकाको मेयर समेत भएर काम गरिसकेको बताउदै यस पटकको निर्वाचनमा आफूलाई भोट दिएर जिताएमा मेयर भएर गर्न बाँकी रहेको विकास निर्माणको काम गर्ने बताएका छन् ।

प्रतिकृया

प्रतिकृया