तुलसीपुर
५ कार्तिक / प्रेस चौतारी दाङ शाखाले नेकपा एमालेका तर्फबाट संघ र प्रदेश सभाका उम्मेदवारहरुको गतिविधि सञ्चार माध्यममा ल्याउन लागि तुलसीपुर क्षेत्रमा सञ्चार डेस्कको स्थापना गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम नेकपा एमाले संघीय क्षेत्र ३ का उम्मेदवार कोमल वलीले उद्घाटन गरेकी हुन ।

प्रेस चौतारी दाङ शाखाका कोषाध्यक्ष गोकर्ण पौडेलको अध्यक्षता एवम केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि ओलिले उम्मेदवारहरुका गतिविधि सञ्चार माध्यममा ल्याउनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएकि छिन । उनले जनता समक्षसंग उम्मेदवारहरुले गरेका प्रतिबद्धताका विषयमा आम जनसमुदायमा ल्याउनका लागि आग्रह गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले सञ्चार माध्यम समन्वय,सन्देशका विषयवस्तुको गहिराइमा पुगेर जनसमुदाय समक्ष पु¥याउनका लागि आग्रह गरेका थिए ।

उनले एमालेले राष्ट्रियता,जनजीविकाका पक्षमा उठाएका आवाजलाई समेत सञ्चारमाध्यममा ल्याउनका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटिका सदस्य एवम क्षेत्र नम्बर ३ निर्वाचन निर्देशक टीकाराम खड्काले सञ्चार डेस्कलाई प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य दाङ इञ्चार्ज गणेश आचार्यले प्रेस चौतारीले एमालेकातर्फबाट निर्वाचनमा होमिएका उम्मेदवारहरुका गतिविधिलाई विगतदेखि नै सञ्चारडेस्क मार्फत सञ्चार माध्यममा ल्याएको बताएका छन।

कार्यक्रममा प्रेस चौतारी दाङका कार्यसमिति सदस्य माधव कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन प्रेस चौतारी तुलसीपुरका अध्यक्ष वसन्त परियारले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया