तुलसीपुर ,
६-मंसिर/ दाङका तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् । सोमबारदेखि सुरु भएको मत गणना अनुसार प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । दाङ क्षेत्र नं।१ को प्रतिनिधिसभामा गठबन्धनका मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । ५ हजार दुईसय ८५ मत गणना हुँदा एकीकृत समाजवादीका चौधरीले २०९९ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले १३२६ मत ल्याएकी छन् । उनीहरुबीचको मतान्तर ७७३ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १००९ मत ल्याएको निर्वाचन अधिकृत मानबहादुर विष्टले बताए ।

यसैबीच दाङ क्षेत्र नं।२ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले अग्रता कायम राखेकी छन् । १६ हजार २९ मत गन्दा रेखाले ६५६० मत प्राप्त गरेकी छन्, भने एमाले महासचिब शंकर पोखरेलले ५२०८ मत प्राप्त गरेका छन् । प्रदेश सभा तर्फ दाङ क्षेत्र नं। २ को १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडी छन् । १० हजार २ सय ६७ मत गन्दा काँग्रेसका खनालले ४७३० मत प्राप्त गरेका छन्, भने एमालेका बलिभद्र राणाले ३९२१ मत प्राप्त गरेका छन् ।

यता दाङ क्षेत्र नं। ३ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार दीपक गिरीले अग्रता कायम गरेका छन् । ६९०८ मत गणना हुँदा गिरले २८८८ मत ल्याएर ल्याएका छन्, भने वलीले २३२५ मत ल्याएकी छन् । त्यस्तै स्वतन्त्र पार्टीका कमल सुवेदीले ११५५ मत ल्याएका छन् । प्रदेश सभा सदस्य तर्फ दाङ क्षेत्र नं।३ को १ मा गठबन्धनबाट काँग्रेसका डिल्ली चौधरी अगाडी छन् । ६६२९ मत गणना हुँदा चौधरीले ३००० मत ल्याएका छन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका घनश्याम पाण्डेले २५६८ मत ल्याएका छन् । त्यस्तै क्षेत्र नं।३ को २ मा गठबन्धनका धनबहादुर मास्की९राजेश०ले अग्रता लिएका छन् । ८१८३ मत गणना हुँदा माओवादी केन्द्रका मास्कीले ३७३७ र एमालेका हुकुम बस्नेतले ३१८६ मत प्राप्त गरेका छन् ।

प्रतिकृया

प्रतिकृया