तुलसीपुर,
७-मंसिर/ दाङका तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनले अग्रता कायम राखेको छ । दाङका ३ वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभामा अग्रता कायम राखेको हो । दाङ क्षेत्र नं। १ को प्रतिनिधिसभामा गठबन्धन तर्फका उम्मेदवार मेटमणी चौधरीले निकटतम प्रतिद्वन्दी एमालेका शान्ता चौधरीलाई १ हजार ७ सय ३५ मतले पछि पारेका छन् । १४ हजार चारसय १९ मत गणना हुँदा एकीकृत समाजवादीका चौधरीले ५ हजार ५ सय ३५ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले ३ हजार ८ सय मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ३ हजार ५२ मत ल्याएका छन्, भने नागरिक उन्मुक्ती पार्टीका सुरेन्द्र चौधरीले १ हजार ९३ मत ल्याएका छन् ।
त्यसैगरी दाङ क्षेत्र नं. २ मा पनि प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले आफ्नो अग्रता कायम राखेकी छन् । ३८ हजार हजार १ सय ३२ मत गणना हुँदा रेखाले १४ हजार १ सय ७ मत प्राप्त गरेकी छन्, भने एमाले महासचिब शंकर पोखरेलले १२ हजार ४ सय २३ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर एक हजार ६ सय ८४ रहेको छ । दाङ क्षेत्र नं। ३ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । २० हजार ४ सय ४८ मत गणना हुँदा काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरी प्रतिस्पर्धी एमालेका कोमल वली भन्दा १ हजार ७ सय ८३ मतले अघि छन् । गिरीले ८ हजार चारसय ३५ मत प्राप्त गरेका छन्, भने वलीले ६ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् ।
यसैबीच प्रदेश सभा सदस्य तर्फ पनि तीनवटै क्षेत्रमा गठबन्धनका उम्मेदवारले लिड गरिरहेका छन् । दाङको क्षेत्र नं।१ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजित चौधरीले अग्रता कायम राखेका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका गंगाराम भट्टराईलाई ३ सय ४४ मतान्तरले पछि पारेका छन् । १४ हजार ४ सय १९ मत गन्दा चौधरीले ४ हजार ७ सय ५७ मत ल्याएका छन्, भने भट्टराइले ४ हजार ४ सय १३ मत ल्याएका छन् । त्यस्तै नागरिक उन्मुक्ती पार्टीका रञ्जित चौधरीले १ हजार ८ सय ३८ मत ल्याएका छन् ।
क्षेत्र नं।१ को प्रदेशसभा २ मा पनि गठबन्धनका उम्मेदवार काँग्रेस युवा नेता अनुराग खड्काले अग्रता कायम गरेका छन् । १४ हजार ८ सय ६६ मत गणना हुँदा खड्काले ५ हजार ९ सय ६८ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी एमालेका कुलबहादुर केसीले ५ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् दाङ क्षेत्र नं। २ को प्रदेसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडी छन् । ३२ हजार १५८ मत गणना हुँदा खनालले १४ हजार १ सय ७ मत प्राप्त गरेका छन्, भने राणाले १२ हजार४ सय २३ मत प्राप्त गरेका छन् । त्यस्तै दाङ क्षेत्र नं। २(२) मा पनि गठबन्धनका उम्मेदवार अघि छन् । गठबन्धनका उम्मेदवार काँग्रेसका प्रचण्ड विक्रम न्यौपानेले ५ हजार ८ सय २७ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी एमालेका गिरीराज केसीले ५ हजार ३ सय ६७ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ४ सय ६० रहेको छ ।
दाङ क्षेत्र नं।३ को प्रदेशसभा १ मा गठबन्धनबाट काँग्रेसका डिल्ली चौधरीले आफ्ना प्रतिस्पर्धी एमालेका घनश्याम पाण्डेलाई २ हजार ७ सय १ मतले पछि पारेका छन् । चौधरीले १० हजार ८ सय ३ मत प्राप्त गरेका छन्, भने पाण्डेले ८ हजार १ सय २ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा अहिलेसम्म २२ हजार ३ सय ४९ मत गणना भएको छ । यो क्षेत्रमा ६६ हजार ४ सय ८६ मतदातामध्ये ४० हजार ५ सय ७० मत खसेको थियो । क्षेत्र नं।३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की (राजेश)ले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् ।