तुलसीपुर
७-मंसिर/ दाङ निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित भएका छन् । खनाल गठबन्धनका साझा उम्मेद्वार हुन् । काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । उनीहरु बीच १ हजार १ सय ६७ मतान्तर रहेको छ । उक्त निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो भने १ हजार ४ सय ८५ मत बदर भएको थियो । उक्त निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय २२ मतदाता रहेकोमा ३७ हजार ८६ मत खसेको थियो भने १ हजार ४ सय ८५ मत बदर भएको थियो ।