तुलसीपुर,
८-मंसिर/ दाङ क्षेत्र नं।३ (ख) को प्रदेशसभा सदस्यमा गठबन्धन तर्फका उम्मेदवार धनबहादुर मास्की (राजेश) विजयी भएका छन् । मास्कीले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतलाई  २ हजार १६१ मतान्तरले पछी पार्दै विजयी भएका हुन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार ३ सय २१ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतले २० हजार १ सय ५८ मत ल्याएका छन् ।

त्यस्तै निर्वाचनमा राप्रपाका भुपाल रावतले ३ हजार ४ सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले ५ सय ६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले ४ सय ५०, दुर्गा बहादुर वलीले २ सय ७८, गणेशबहादुर बस्नेतले १५९ राजन डाँगीले १२०, भुपबहादुर विकले ११८ मत ल्याएका छन् । सोही निर्वाचन क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।

प्रतिकृया

प्रतिकृया