तुलसीपुर
१४ माघ/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने तालिकामा उल्लेख छ ।

प्रतिकृया

प्रतिकृया