तुलसीपुर,
११-चैत /  तिमी सोचो भगवानले तिम्रो चाहाना पुरागर्छन भन्ने उक्ति अहिले पनि त्यतिकै चर्चामा छ । महाकवि लक्ष्मी प्रशाद देवकोटाका शब्दमा पनि ‘उदेश्य के लिनु उडिछुनु चन्द्र एक’ भन्ने भनाई धेरैका लागि प्रेरणानाको माध्यम बनेको छ ।

web-top-h2
गाउँमै जन्मेको र गाउँकै विद्यालयमा पढेको एउटा बालकले सायदै सपना देखेको थियो होला, कि म भविस्यमा कुनै दिन बजारको एउटा प्रतिष्ठित विद्यालयको प्रिन्सिपल बन्छु भनेर । मानवहादुर बस्नेतको सफलतावाट असंभव भन्ने केही छैन तर त्यहि अनुरुपको लगनसिलता र मेहनत आवश्यक पर्छ भन्ने प्रष्ट भएको छ ।

उनी गाउँवाट कक्षा ८ पढनका लागि जुन स्कुलमा भर्ना भएका थिए आज आएर सोही स्कूलको प्रिन्सिपल बन्न सफल हुनुलाई उनले जीवनकै एउटा खुसीको क्षणको रुपा उल्लेख गरे ।

तुलसीपुर स्थित ग्रेट अरनीको उच्चमाबिमा नयाँ प्रिन्सिपल चयन भएलगतै उनलाई समाजिक संजालहरुका बधाईको ओईरो लाग्यो । अन्य धेरैले आँफै स्टाटस लेखेर पनि उनलाई बधाई दिए ।

विद्यालय व्यवस्थापन समितिको बैठले विद्यालयको प्रिन्सिपलमा मानवहादुर बस्नेतलाई प्रिन्सिपलमा चयन गरेको हो । ग्रेट अरनीको उच्चमाविका प्रिन्सिपल बन्न सफल बस्नेतले महेनत गरेमा एक दिन जो कोही सफलताको शिखरमा पुग्न सक्ने बताए ।

आफनो सपना साकार पार्न र सफलता चुम्नका लागि निरन्तर प्रयास भने आवश्यक पर्ने बताए । अचम्मको कुरा हिजो उनलाई पढाएका शिक्षकहरु नै आज उनको मातहतमा बसेर कामगर्नु पर्ने स्थानमा बस्नेत पुगेका छन् ।
उनी कक्षा ८ मा उक्त विद्यालयमा भर्ना हुँदा उनलाई पढाएका केहि शिक्षकहरु आज पर्यन्त उक्त स्कुलमा पढाउँदै आएका छन् । तर प्रिन्सिपल बस्नेत भने अब ग्रेट अरनीको उच्चमाविका हेड भइरहेका छन् । उनकै नीति निर्देशनमा अब विद्यार्थी र विद्यालयको भविस्य निर्धारण हुने छ ।

बस्नेत ग्रेट अरनीको बाटै २०६० सालमा एसएलसी उत्तिर्ण भएर उच्च शिक्षा अध्यनका लागि काठमाडौंमा साइन्स पढ्न गएका थिए । अध्यनपछि बस्नेतले २०६६देखि उक्त विद्यालयमा पढाउन सुरु गरेका थिए । ६ वर्ष निरन्तर पढाउँदै आएका बस्नेत यसअघि विद्यालयको भाईस प्रिन्सिपल थिए भने उच्च मावि तर्फको संयोजक थिए ।

फिजिक्स (भौतिक विज्ञान) बाट एमएस्सी गरेका बस्नेत हाल २८ वर्षका मात्रै छन् । कक्षा सात सम्म साविक उरहरीको न्यू शान्ति बोर्डिङमा अध्यन गरेका बस्नेत सानै देखि अति उक्त विद्यालयका पनि प्रथम विद्यार्थी हुन ।

उनी ग्रेट अनरनीको उच्चमाविको पनि प्रथम विद्यार्थी नै बन्न सपल भए । आफ्नो अध्यन पुरा गरेर राजधानीवाट फर्केपछि बस्नेतले पहिलो प्राथमिकतामा तीनै दुईवटा विद्यालयलाई राखेर काम गरे ।

प्रिनिस्पल बस्नेतले आफूले अध्यन गरेको दुईवटै विद्यालयमा समय मिलाएर केहि समय पहिले सम्म नियमित पढाउने गरेका थिए । साविक उरहरी ४ क्वाङ्गी र हाल तुलसीपुर १८ निवासी बस्नेत सानै देखि मिलनसाल र अनुसासित विद्यार्थी रहेको उनलाई सानोमा पढाउने न्यू शान्ति बोर्डिङका शिक्षकले बताए ।

विद्यार्थी माझ लोकपृय शिक्षक समेत रहेका बस्नेतले आफू प्रिन्सिपल बनेपछि आँफू विद्यार्थी हुँदा अनुभूति गर्ने कुराहरु विद्यार्थीलाई फिल हुन नदिने गरि विद्यालयको शैक्षिक वातावरण निर्माण गर्ने दृढता व्यक्त गरे । उनको आगमन संगै विद्यालयको भविस्य उज्ज्वल वन्ने अपेक्षा गरिएको छ ।

विद्यालय संचालक समितिका अध्यक्ष शालिक राम रेग्मीको अध्यक्षतामा हालै बसेको बैठकले बस्नेतलाई सर्वसहमतिवाट प्रिन्सिपलमा चयन गरेको हो ।

web-bot-h1

प्रतिकृया

प्रतिकृया