वसन्त विवश आचार्य-
तुलसीपुर / सल्यानको खलंगाबाट काठमाडौ हिड्दा तुफानवावु श्रेष्ठका आँखामा धरहरा, रानी पोखरी, पशुपति भन्दा वढि सिँहदरवारको काखमा लुटपुटिएको रेडियो नेपाल चैतमा नाच्ने “फिरफिरे ” जस्तै फनफनी नाँचेको थियो ।

miss-and-mrमरिचमान श्रेष्ठले वनाएको धुलाम्ये बाटोमा वसले उडाएको धुलो सँगै उनका सपनाहरु आकाश ताकेर अगाडि वढ्थे । मनको बारी भरि खलंगा पारि मार्केको डाँडोमा फुलेका सुन्तला जस्तै लटरम्म रहरहरु फुलेका थिए “ रेडियोमा नदेखिने तर वोलिरहने मान्छे जस्तै वन्छु ” । उनका लागि यो सपना ८८४८ मिटरको उचाइ चुमे भन्दा पनि अग्लो थियो । रहर न हो मान्छेलाई रङ्गिविरङ्गी दुःखसँग वेला वेलामा भेट गराइरहन्छ ।

यहि सपनाको रङ्ग वोकेर थानकोटको डाडो काँटेपछि उनलाई काठमाडौका हरेक घर सिँहदरवार जस्ता लागे अनि हरेक मान्छे रेडियोमा वोल्ने जस्ता । जीवनमा सपना एउटै बाटोवाट हिड्थ्यो र एउटै ठाउँ पुग्थ्यो, रेडियो नेपाल ।


ADVERTISEMENT

 



एस.एल.सी. दिएर काठमाडौ गएको मान्छे रिजल्ट आउँदा सम्म पनि उनले रेडियो नेपाल त के सिँहदरवार समेत देख्न सकेनन् । खलंगाको डाँडोबाट सल्यानको आधा भाग देखेजस्तो कहाँ थियो र काठमाडौ ? रेडियो नेपालको एकोहोरो प्रेममा आकुल व्याकुल भएका वेला अचानक पानासोनिक रेडियोमा त्यही रेडियो नेपाल गुञ्जियो ।

आवाज थियो प्रविण गिरीको “प्रवेशिका परिक्षाको नतिजा सार्वजनिक ” मोवाईल, एसएमएस, इन्टरनेट केही पनि थिएन , गोरखापत्र किन्न दौडिए । सधै सुनसान हुने पत्रिका पसलमा मानिसको वाक्लै भिडभाड थियोे । उनले रिजल्ट पत्ता लगाए पहिलो श्रेणीमा उनको सिम्वोल नम्वर रहेछ । एकैपटक आपैmलाई चिमोटे , घटना सत्य रहेछ वेस्मारी दुख्यो तर पनि हर्षले पुलकित भए । पास हुनुको खुसी भन्दा पनि रेडियो नेपाल रहने शहरमा उनको वसाई “रिन्यू” हुने भयो ।

सातादिन पछि खवर खायो , उनी त जिल्लामै प्रथम पो भएछन् , हर्षको अर्को कारण पनि थपियो । कानुनमा रुचि थियो उनको , दायाँ वायाँ गरेनन् । विज्ञान पढ्ने आफन्तको आग्रह पनि सुनेनन् मनभित्र बाट धुन गुन्जियो “कानुन पढ्नु पर्छ ” उनले मनको धुनलाई पहिलो स्थान दिए र सिधै गए नेपाल ल क्याम्पसमा ।

जर्मन दार्शनिक मार्टिन लुथरले सोह्रौ शताब्दीमा तर्कलाई “शैतानकी वेश्या” भनेका छन् । विचार, वृद्धि, तर्क, सोच सवै मानिसका लागि शैतानै त हुन् । तर यही तर्कको रहरले उनलाई कालोकोट तिर तान्यो ।

रेडियो रहर
काठमाडौमा रेडियो नेपालले दैनिक दुई घण्टे एफ.एम. प्रशारण शुरु गरेको थियो । माओवादी युद्ध आरम्भकै साल खुलेको एफ.एम.मा दिनेश डिसी, मिरा आचार्य, डियर कल्याण, दिपकराज गिरी लगायतका हस्तिहरु मनको तार हल्लाउने गरि गुञ्जने गर्थे । वरु कहिलेकाही कलेज जाने वस छुट्यो तर उनका प्रिय मान्छेका कार्यक्रम कहिल्यै छुटेनन् ।

२०५४ मा रेडियो सगरमाथा नेपालकै पहिलो एफंएम.का रुपमा प्रशारणमा आएपछि काठमाडौमा उद्घोषण सिकाउने संस्थाहरु धमाधम खुल्न थाले ।

रेडियोमा प्रवेश गर्ने पहिलो आधार उनले भेट्याए । विविसीमा गुन्जने नाम थियो सुमन खरेल । उनलाई जीवनमा पहिलो पटक प्रेम गरेको युवति जस्तै निकै प्रिय लाग्थ्यो यो नाम । यिनै प्रिय मान्छेले उनको मनमा रहेको रेडियो रहरको वाटो खोलिदिए ।

तालिमकै दौरान उनले निर्देशक प्रकाश सायमीलाई समेत चकित पार्ने डकुमेन्ट्री वनाए साहित्यकार जनकलाल शर्माको जीवनीमा आधारित । निर्देशक सायमीले लालछाप हाने “ यो केटोले रेडियोमा सजिलै गरिखान्छ ” । उनलाई रेडियो रहरको साह्रै नजिक पुगेको भान भयो । काठमाडौका रेडियोमा वोल्ने गतिलो बाटो खोज्दा खोज्दै उनलाई कर्मले फेरि दाङ्ग डोर्यायो ।

काठमाडौमा एफ.एम.को प्रशारण आरम्भ भएपनि मोफसलमा खासै रेडियोहरु जुर्मुराउन सकेका थिएनन् । यसैविच तुलसीपुरमा रेडियो तुलसीपुर प्रशारण हुने गाईगुई चल्यो । रेडियो स्थापना हुने अपुष्ट खवरले सवैभन्दा वढि यिनकै अनुहारमा खुसीको गुराँस मुस्कुरायो । तुलसीपुरको तालिममा यीनलै आफुभन्दा केयौ “वौद्धिक” मान्छेलाई रेडियो शिल्प सिकाए । सवैले प्रशंसा पनि गरे । उनलाई रेडियोमा स्थापित गर्नमा भुमिका खेल्ने नारायणप्रसाद गैरै, घनश्याम पाण्डे , रेडियोका स्टेशन म्यानेजर अर्जुन गिरी भगवान जस्तो लाग्यो ।

“मेरो कथा” का प्रस्तोता डियर कल्याणले यिनको रेडियोको मार्गलाई फराकिलो वनाउने काम गरे । सवैको वलियो साथ र सबैभन्दा वढि उनकै मेहेनतले अन्ततः लामो समय कोठाको ऐना हेर्दै गुञ्जिने उनको आवाज तुलसीपुर एफ एमको १००.२ मेगाहर्जबाट चारैतिर गुञ्जियो  “म शान्त तलाउ हुँ, हे शान्ति चाहने मान्छे , हे जीवन जिउने मान्छे , आउनुस् मेरो शान्तिमय स्वागत छ ।”

दश वर्षको लामो अवधिमा धेरै कुरा वदलिए तर उनको कार्यक्रम सुरुवात गर्ने शैली अझै उस्तै छ । जस्तो उनको मनमा रेडियो रहर कुदिएको छ ।

शान्त तलाउँको भित्री कथा
घरमा शैक्षिक वातावारण थियो । वुवा वादलकुमार श्रेष्ठ त्यहाँको कलेज र विद्यालयमा “व्यावसायिक अक्षर खेती” गर्नुहुन्थ्यो । कोर्स वाहिरका पुस्तकहरुको कुनै कमी थिएन । स्कूले समयमा वुवाले ल्याउने विशेष गरि प्रेरक व्यक्तिका पुस्तकहरु उनले निकै पढे ।

पुस्तक पढ्दा पढ्दै मनमा गुने पनि “सानो घटनाले पनि मान्छेको जीवन वदलिन सक्छ ” उनलाई यो कुरा गुन्न वुद्धको जीवन दर्शनले धेरै प्रेरित गर्यो । ईश्वरको मृत्यु घोषणा गर्ने नित्से देखि “असम्भव भन्ने कुरा मुर्खको डायरीमा हुन्छ” भन्ने नेपोलियन वोनापार्ट सम्मका कुरा उनले वावुको दराजमा सुतेका कितावमा पढे । एस.एल.सी. लिएर काठमाडौ गएपछि उनले जस्तो चाह्यो त्यस्तै किताव किन्न पाउने भए । खाजा खादाको आनन्द उनले कितावबाट लिन थाले ।

प्रेरक कुरा पढ्दा पढ्दै यीनमा सञ्चार माध्यम मार्फत यस्तै कुरा गरेर पुस्तक नपढ्ने या पढ्न नपाउने मान्छेमा सकारात्मक विचारको विजारोपण गर्ने रहर एकाएक जन्मियो । यही रहरले यीनलाई कान्तिपुर पब्लिकेशन सम्म लग्यो । कान्तिपुर पब्लिकेशन्सबाट प्रकाशन हुने साप्ताहिकमा यीनका विभिन्न प्रेरक कुराहरु प्रकाशन हुन थाले । पत्रिकाको “प्रेरणाको विन्दु” स्तम्भको यिनी “स्वयंसेवक” नियमित लेखक भए ।

पत्रिकाले यीनको मनको प्यास मेट्ने कुरै भएन । रेडियोमा जीवन्त रुपले प्रशारण गर्न पाए ? यो रहरले कुत्कुत्याएपछि उनको रेडियो रहर झन् चम्किलो वनेर आयो । तुलसीपुरमा एफ.एम. खोलेपछि यीनले सोही विषयवस्तुलाई नै केन्द्रमा राखरे “शान्त तलाउ” कार्यक्रम प्रशारण गरे । समय क्रम सँगै उनको “शान्त तलाउ” यात्रामा अल्पविराम लाग्यो । उनको रहर शितको थोपा जस्तो पक्कै थिएन । उपयुक्त परिस्थितिको पर्खाईमा उनले “शान्त तलाउँ” को पानी “मनको तलाउँ ” भरि संगाले ।

घोराहीमा रेडियो मध्यपश्चिम खुल्यो । कार्यक्रम संयोजक शरद अधिकारीको आग्रहमा उनले सोही कार्यक्रम फेरि पनि त्यहाँ प्रशारण गरे । रेडियोमा वोल्ने चाहनाको उचाई यति धेरै थियो की , वर्खामासमा भेलको समेत प्रवाह नगरेर उनले खोलामा मोटर साईकल दौडाउथे । कहिलेकाही वगाउथ्यो पनि । उनी निराश हुन्थे वाईक वगाएको भन्दा पनि कार्यक्रम छुट्ने भयले गर्दा ।

रेडियो यात्रामा फेरि अल्पविराम लाग्यो । तुलसीपुरमा वसोवास हुदाँ घोराही नियमित जाने प्रक्रिया उनका लागि सान्दर्भिक हुन सकेन । फेरि केही समय कार्यक्रम रोकियो । “फ्यान” हरुले मोवाईलको “म्यासेज वक्स” र फेसवुको म्यासेन्जरलाई “ओभरलोड” हुने गरि म्यासेज पठाउथे । रेडियोमा नवोलेर उनलाई चैनको निद्रा सुत्नै दिएनन् ।

“धेरै कार्यक्रमहरु कार्यक्रम प्रस्तोताले सञ्चालन गर्न छाडेपछि अरुले सञ्चालन गर्छन तर शान्त तलाउ मेरो व्रान्ड नै भयो । कसैले पनि यो सञ्चालन गर्ने साहस गरेनन् ।” उनको अनुहारमा गर्वको छायाँ टल्पलायो । तुलसीपुरबाट घोराही गएको रेडियो यात्रा फेरि तुलसीपुरमै फर्कियो । “जीवन चक्र जस्तो घुमेन भने के अर्थ हुन्छ र ?”

रेडियो हाम्रो पहुँचका प्रवन्ध निर्देशक हरि रिजालको आग्रहमा फेरि शान्त तलाउ तुलसीपुरको रेडियो हाम्रो पहुँचबाट गुन्जियो । “ओल्ड इज गोल्ड ” भने जस्तै कार्यक्रम यति धेरै लोकप्रिय भयो की , एउटै कार्यक्रम तिन पटक सम्म वज्न थाल्यो । समयले फेरि रेडियो यात्रामा विश्राम लगायो ।

केही समय उनले मनको रहर मनमै गुम्साए । “ रहर थियो मनमा तर परिस्थितिले साथ दिएन ।” समयले फेरि उनलाई सही वाटोमा ल्यायो । उनको रेडियो कार्यक्रम शान्त तलाउ सुनेर कुनै समय मोहित हुने रेडियो प्रकृतिका स्टेशन म्यानेजर संगित वस्याले फेरि उनलाई अनुरोध गरे । “अर्ध चेतमा ” रहेको उनको रेडियो रहर फेरि ब्युतियो । अहिले उनको शान्त तलाउ अमेरिकाको स्थानिय रेडियो सँगै राप्ती अन्चल भरिका रेडियोमा तरङ्गित हुन्छ ।

“केही समयमै शान्त तलाउलाई काठमाडौका एफ.एम. हरुबाट प्रशारण गर्ने योजना छ । ” जीवन काट्ने मेलो तुलसीपुरको हिमालयन ड्रग्स हाउसमा भावी योजना पोख्दै गर्दा उनले शान्त तलाउको पछिल्लो यात्राको ३६ औ भागका लागि स्क्रिप्ट पनि तयार पार्दै थिए ।

“रेडियो कार्यक्रम सफल हुनका लागि प्राविधिकको पनि महत्वपूर्ण भुमिका हुन्छ , रेडियो प्रकृतिका प्रतिभाशाली प्राविधिक माधव कँडेलले मलाई नियमित साथ दिनुभएको छ , यसभन्दा अगाडि रेडियो मध्यपश्चिमा पनि त्यहाका प्राविधिक प्र्रमुख विष्णु अधिकारीले मन दिएर कार्यक्रम वनाउनुहुन्थ्योे ” उनले थपे “ कार्यक्रम लोकप्रिय हुनुको कारण यो पनि एक हो ”

एउटै कार्यक्रम प्रस्तोताले फरक फरक रेडियोबाट गरेर एक दशकको अवधि शान्त तलाउले पुरा गरेको छ । नियमित रुपमा एक दशकसम्म आरोह अवरोधका साथ एउटै गतिमा सञ्चालन भएको मोफसलको पुरानो कार्यक्रमका रुपमा शान्त तलाउ रहेको पनि श्रेष्ठले दावि गरे ।

कुनै दिन पनि उनको कार्यक्रम अर्को प्रस्तोताले चलाएन अनि कुनै दिन पनि रेडियोमा कार्यक्रम गर्दा उनले छुटाएनन् । “ कतै टाढा जानुपर्दा समेत कार्यक्रम रेकर्ड गरेर जान्थे ” उनको अनुहारको गर्वको गुराँस उम्रियो ।

समाज सेवा
काठमाडौ त्रिचन्द्र कलेजमा समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गर्दा यिनको एउटा समुह थियो । समाजशास्त्र पढ्नेर मात्र भन्दा पनि समाजसेवामा पनि संलग्न हुनुपर्छ भन्ने समुहको सोच थियो । मुटुमा क्याल्कुलेटर भन्दा देश वोकेका हरुको जमात थियो त्यो ।

सुशिल श्रेष्ठ, निराजन रिजाल, सन्देश राजभण्डारी, विजयभक्त श्रेष्ठ, अच्युत कुइकेल, राजीव पोख्रेल जस्ता मन जोडिएका साथीहरुसँग मिलेर यिनले “महिला तथा वालवालिका उत्थानका लागि युवा शक्ति” नामक संस्था दर्ता गरे । तत्कालिन सांसद नेत्रलाल श्रेष्ठको सांसद विकासको कोषबाट सहयोग लिएर आफु हुर्केको ठाउँ सल्यानमा आएर “कानुनी साक्षरता ” तालिम पनि दिए । समय क्रममै सस्था निरन्तर अगाडी वढ्न सकेन । मनमा भने समाजसेवाको सपना “जीवितै” थियो ।

उनले समाज सेवाको अर्को बाटो खोजे विश्वमै वलियो नाम कमाएको रोटरी क्लव । रोटरी क्लव अफ तुलसीपुर सिटीमा रहेर उनले जिम्मेवार भुमिका निर्वाह गरेका छन् । समय मिल्नासाथ कहिले विकट गाउँमा औषधि र डाक्टर वोकेर त कहिले गरिव वालवालिकालाई कपडा, झोला, किताव र कापी वोकेर यिनी दौडिरहेका हुन्छन् ।

जिल्लामा मात्र होइन जिल्ला वाहिर हुने विभिन्न आपत विपदमा समेत यिनले सक्रियताका साथमा भुमिक खेलिरहेका हुन्छन् । उनको कार्य कुशलताले उनलाई अहिले नेतृत्वको नजिक लगेको छ । रोटरीमा राजुकुमार श्रेष्ठले प्रवेशको अवसर दिएपनि अनुपकुमार श्रेष्ठ , कुशल तर्ताल विमल रिजाल, धमेन्द्र वैश्य, विजय केसी, ललित घर्ति, विरु रावत, राजेन्द्र प्रसाद श्रेष्ठ, ललितजँग शाह, , लगायतका फराकिलो मन भएका साथीहरुले यिनको सोचलाई व्यवहारमा परिवर्तन गर्न महत्वपूर्ण योगदान दिएका छन् ।

त्यो रेडियो, यो रेडियो
नेपालमा एफ.एम.रेडियो स्थापनाको शैशवकाल देखि नै रेडियोमा क्रियाशिल श्रेष्ठलाई रेडियोको यो उर्वर समय देख्दा निकै खुसी लाग्छ । “अहिले रेडियो धेरै भए तर त्यो अनुरुप रेडियोले समाजका लागि योगदान दिन सकेनन् । ” उनलाई रेडियो र पत्रकारिताको आधारभुत ज्ञानविना नै पत्रकारहरु रहरका भरमा यो क्षेत्रमा लागेको देख्दा दिक्दार लाग्छ ।

“रेडियोमा वोल्नमात्र पाए हुन्थ्यो भन्ने मान्छे छन् कसरी सवैलाई उपयोगी हुने गरि वोल्ने भन्ने ध्यान निकै कमको छ । रहरका भरमा भन्दा पनि समाजको आवश्यकतालाई वोध गरेर रेडियो सञ्चालन हुनुपर्ने उनको कथन छ । रेडियोहरुले कुनै विषयगत विधालाई लिएर अलग पहिचानका साथमा सञ्चालन हुने प्रयास गरे भने पक्कै पनि यसले समाजका लागि योगदान दिन सक्छ ।

रेडियोले सामाजिक उत्तरदायित्वलाई वलियो ढँगले उठाउनु पर्दछ । रेडियोमा रहर पोख्ने जमात मात्रै वढेको देख्दा उनलाईए दुःख लाग्छ “ दुई चार वटा अँग्रेजीका वाक्य जान्दैमा राम्रो सञ्चालन वन्न सकिन्छ भन्ने भ्रम अहिलेको युवा पुस्तामा छ ”

फरक रेडियो सोच
“शान्त तलाउ” को व्राण्ड वोकेका श्रेष्ठले रेडियो जीवनमा केही भिन्न कार्यक्रम पनि सञ्चालन गरे । रेडियो तुलसीपुरबाट आफुलाई मन लाग्दो नम्वर डायल गरेर झुक्याउने “हेलो यो कहाँ पर्यो ?, वोजो मिन्टद्धारा प्रायोजित कार्यक्रम वोजो विहानी, रेडियो मध्यपश्चिमबाट “व्रेकफास्ट विथ तुफान” जस्ता मन आनन्दीत वनाउने कार्यक्रमले समेत उनको रेडियो करियरमा उचाइ थप्ने काम गर्यो । नयाँ सोच र दृष्टिकोणका कार्यक्रमले मात्र प्रस्तोतालाई लोकप्रिय वनाउछ भन्ने सोच राख्ने श्रेष्ठले जहिल्यै नयाँ सोच र धारका कार्यक्रमहरु सञ्चालन गरे ।

सयौ किताव लेखेका महाकवि देवकोटाले मर्ने वेलामा भनेका थिए “ मुनामदन वाहेक मैले लेखेका सवै कृतिहरु जलाउनु मलाई कुनै आपत्ति हुने छैन ”

केयौ कार्यक्रम सञ्चालन गरेका श्रेष्ठले छुट्टिने वेलामा भने “ शान्त तलाउ वाहेक मेरा सवै कार्यक्रमहरु श्रोताले विर्सिए पनि हुन्छ , म शान्त तलाउमा मात्रै जीवित हुन चाहन्छु ”

प्रतिकृया

प्रतिकृया